स्याङ्जा । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी स्याङजाको सीडीओ कार्यालय पुगेकी छिन् । आइतबार उनको श्रीमान् सुन्दरमणि अधिकारीसहित सीडीओ कार्यालय पुगेकी हुन् ।
गीतहरु जति चर्चित छन् तर उनी त्यती नै गुमनाम भएकी विष्णुले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् । पछिल्लो समय माझीको गुमनाम जीवनवारे टिकाटिप्पणी हुन थालेपछि माझी आइतबार मध्यान्हमा सीडीओ कार्यालय पुगेकी थिइन् ।
विष्णु माझी र उनको श्रीमान् सुन्दरमणि अधिकारी
मिडियाहरूमा लामाे समयदेखि विष्णु माझी गुमनाम भनेर समाचारहरू आएसँगै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् ।
आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएका थिए ।
उनीहरु झण्डै करिब डेढ घण्टा प्रशासन कार्यालयमा छलफलमा बिताएका थिए।
उनीहरू ट्याक्सी रिजर्भ गरेर प्रशासन पुगेका थिए । टाउकोमा पर्छौरा, मुखका मास्क, ओभर कोट र कम्बरदेखि खुट्टासम्म छोपिएको लामो स्कर्ट लगाएर माझी पुगेकी थिइन् । कार्यालय भित्रपुगेपछिमात्र मुखको मास्क खोलेर बोलेकाे स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले जानकारी दिए ।
विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ। यसअघि कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए ।
छलफलका क्रममा बाहिरी हल्लाजस्तो आफ्नो भोगाई नभएको विष्णुले बताइन् । उनले भनिन्, आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्याउनु भएको हो, म बन्धक छैन। मेरो इच्छा नै बाहिर सार्वजनिक हुन नचाहने हो, म मेरो जीवनदेखि खुशी छु।’
छलफलका क्रममा सुन्दरमणिले आफूहरुले अन्तरजातीय विवाह गरेका कारण छुटाउन खोजिएकाले बेखबर जस्तै हुनुपरेको बताए । उनले आफ्नो छुट्टै एउटा लक्ष्य भएको समेत बताए ।
विदेशबाट धेरैले कार्यक्रममा बोलाए पनि कम पढेको र विष्णुलाई मात्र लैजाने आफूलाई नलाने भनेपछि रोकेको अधिकारी भनाइ छ ।
विष्णुकी आमाले छोरीसँग नियमित भेट र कुराकानी भइरहेको प्रशासनलाई बताइन् । आफूसंगै काठमाडौंमा रहेकी बहिनी, आमा धर्मकुमारी, दाजु बाबुरामसँग विष्णु माझीको भेट भइरहेको बताए पनि बिहेपछि पहिलो पटक बाबा ताराबहादुर माझी (बाबु-छोरी) बीच भेट भएको बताइएको छ।
यसअघि उनका बुवाले आफ्नी छोरीसँग वर्षौंदेखि भेट र कुराकानी नभएको बताएको भनेर मिडियामा समाचार आएकाे थियाे।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।