काठमाडौं । फिल्म ‘हृदय भरी’को औपचारिक घोषणा भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन बन्दै गरेको ‘हृदय भरी’ को औपचासरक घोषणा भएको हो ।
यो फिल्ममा अभिनेता पल शाह र डेब्यु नायिका श्रद्धा छेत्रीको मुख्य भूमिका रहने छ । फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि. र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा बन्ने भएको छ । फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दिपेन्द्र राईले निर्माण गर्न लागेका हुन् ।
यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी रहनेछ । त्यस्तै, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहनेछ ।
यो फिल्म आगामी फागुनको तेस्रो साताबाट फ्लोरमा जाने बताइएको छ । फिल्ममा पल शाह र श्रद्धाका अलावा निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।