काठमाडौं । संगीतज्ञ अमरराज शर्मा राजोपाध्यायलाई नागरीक अभिनन्दन सहित वृहत सम्मान गरिएको छ । सुगम संगीतको साथमा प्रगतिशील संगीतको माध्यमबाट देशको राजनैतिक परिवर्तनमा समेत योगदान पु¥याएका संगीतज्ञ शर्मालाई जन संगीत स्रष्टा उपाधी सहित नागरिक अभिनन्दन गरिएको हो ।
वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान समारोह समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा समितिका सह संयोजक आकाश राजोपाध्यायले खादा ओढाए भने संयोजक बिराजकाजी राजोपाध्यायले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । त्यसैगरी जनकवि दुर्गालाल श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए । नगद सम्मान रु.२ लाख ५० हजारको चेक महर्जन कम्प्लेक्स, महर्जन बिजनेस एशोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले हस्तान्तरण गरेका छन् ।
सम्मानित व्यक्तित्व शर्माले सम्मान ग्रहण गरेसँगै यो सम्मानले आफुलाई नयाँ स्तरीय श्रृजनाको लागी थप उर्जाशील बनाएका बताउँदै आफुलाई जिम्मेवारी थप भएको महसूस भएको बताए ।
जनकवि श्रेष्ठले अमरराज अमर गायक रहेको उल्लेख गर्दै प्रतिभाको सम्मान गर्ने जाति, समाज र राष्ट्रको कहिल्यै मृत्यु नहुने बताए ।
समितिका संयोजक बिराजकाजीले देशको सम्पत्ति कलाकारहरुको राष्ट्रले उचित संरक्षण नगरेको बताए । देशको राजनैतीक परिवर्तनका लागि योगदान दिने कैयन प्रगतिशील संगीत साधकहरुको उचित मूल्याङ्कन राज्यले गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा गायक, संगीतकार अमरराजको दुइवटा सिडि एल्बमको पनि लोकार्पण गरिएको थियो । लोकर्पण भएको एल्बम अजर अमर १ मा जन संगीत स्रष्टा शर्माको एकल स्वर रहेको छ भने अजर अमर २ मा एकल संगीत रहेको छ । त्यसैगरी सोही कार्यक्रममा शर्माको चित्र अंकित टि सर्ट पनि सार्वजनिक गरिएको थियो । निकट भविष्यमै शर्माको बारेमा लेखिएको किताव पनि सार्वजनिक गर्ने घोषणा गर्दै कार्यक्रममा उक्त किताबको आवरण सार्वजनिक गरिएको थियो ।
विभिन्न संघसंस्था साथै व्यक्तिबाट पनि कार्यक्रममा जन संगीत स्रष्टा शर्मालाई सम्मान गरिएको थियो । जन संगीत स्रष्टा शर्माको एकल साँझको रुपमा समेत आयोजना गरिएको कार्यक्रममा शर्माले प्रगतिशील लगायत विभिन्न लोक, आधुनिक गीतहरु समेत प्रस्तुत गरे ।
प्रगतिशील गीत प्रस्तुुतमा शर्मालाई वदन शर्मा राजोपाध्याय र शैलेस प्रधानले साथ दिएका थियो । कार्यक्रममा गायक सानुबाबु महर्जन, सुरज व्यन्जनकार, सुरजबीर बज्राचार्य, दीपा महर्जन, धनबहादुर गोपाली, पवित्र कसाः, अन्जन श्रेष्ठ, पंकज राजोपाध्याय, भुपेन्द्र बज्राचार्यले शर्माको संगीतमा गीत गाएका थिए ।
एक समयको निकै लोकप्रिय शर्माले संकलन गरी संगीतवद्ध गरे नेवाः लोक ¥याप यःबाबा छ बाबामा बनाएइको नृत्य पनि दुइ दशकपछि फेरी यहि मञ्चमा प्रस्तुत गरिएको थियो ।
सम्मानित शर्मा चार दशक भन्दा वढि समयदेखि आधुनिकको साथै सुगम संगीत क्षेत्रमा निरन्तर सक्रिय छन् । राजनैतिक संघर्षको समयमा प्रगतिशील संगीतको माध्यमबाट देशको परिवर्तनमा योगदान पु¥याउने शर्माको भोलि फेरी सल्लाघारीमा, झमक्क साँझ पर्दाको साथै नेपालभाषाको यः बाबा छ बाबा, निभाः लुइवं, ग्वाहालि रे ग्वाहालि लगायतका गीतहरु निकै लोकप्रिय छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।