मुम्बई । यतिखेर भारतीय संचार माध्यममा रणवीर र आलियाको प्रेम सम्बन्धले खुबै स्थान पाइरहेको छ । यो जोडिले प्रेम सम्वन्ध भन्दा अघि बढेर विवाह गर्ने तयारिमा लागेको बुझिएको छ ।रणवीरको अभिभावक ऋषी कपुर र आमा नीतू पनि छिट्टै यी दुईको बिहे होस् भन्ने चाहन्छन् ।सोही अनुसार उनीहरु आगामी जून महिनामा जोडीको इङ्गेजमेन्ट गराउने तयारीमा छन्।
त्यसो त आलिया र रणवीर करियरको उचाईमा छन् यतिबेला र प्रायः एक अर्काको अपोजिट भई मात्र फिल्म खेल्ने चाहना गरिरहेका छन्। आलिया र रणवीरको हातमा अहिले एकपछि अर्को प्रोजेक्ट आइरहेको छ । आलियाको ‘राजी’ र रणवीरको ‘सन्जु’ हिट भएपछि अहिले उनीहरूलार्इ एकपछि अर्को फिल्मका स्कृप्ट लिएर निर्देशक निर्माता उनीहरूकहाँ धाइरहेका छन् । उनीहरूको स्टारडम पनि ह्वात्तै बढेको छ ।
यसअघि आफूले खेलेका फिल्ममा अरु कलाकार को छन् भन्ने खासै चासो नदिने यिनीहरूले आजकल भने सबैभन्दा पहिले हिरो हिरोइन को राख्ने भनेर सोध्छन् ।प्रेम सम्बन्धमा रहेका उनीहरू एकअर्कासंग समय बिताउनका लागि पनि यस्तो अडानमा रहेको बुझ्न सकिन्छ ।
आलिया र रणबीरले एकअर्काको परिवारसँग राम्रो सम्बन्ध बनाइसकेका छन्। आलिया कपुर परिवारको हरेक पार्टीमा सहभागी भइरहँदा रणवीर पनि समय निकालेर आलियाको परिवारको पार्टीमा पुग्ने गर्दछन्।
फिल्म ‘ब्रह्मास्त्र’को सुटिङको क्रममा भेट भई प्रेममा परेका यी जोडिको तत्काल बिहे गरिहाल्ने योजना नभएपनि रणवीरको आमा नीतूले भने लामो समय कुरिरहन उपयुक्त नहुने र रणवीरको विवाह गराउन आफु आतुर रहेको बताएकी छिन् ।
फिल्म ब्रम्हास्त्रको सुटिङको क्रममा यो जोडीको भेट भएको थियो भने यसै फिल्मको सुटिङको समय उनीहरु नजिकिएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।