कुनैबेला का सर्बाधिक रोजाइ खोजाइका नायक राजेश हमाल अचेल फिल्मी पर्दामा उती देखिंदैनन् । महानायकको उपमा समेत पाइसकेका राजेश हमालले २ दशक अविछिन्न नेपाली चलचित्र क्षेत्रमा राज गरे तर पछिल्लो समय वैवाहिक बन्धनमा बाँधिएर घरजममा लागेसँगै उनलाई खास फिल्मको अफर नआएको फिल्मी विश्लेषकहरु बताउँछन् ।
फिल्म सकुन्तला पछि उनलाई कुनै फिल्ममा अफर नआएको हाे ? भन्ने प्रश्नलाई हमाल नकार्छन् उनी भन्छन् – ‘मलाई अहिले पनि फिल्मको अफर आइरहेको छ तर आफ्नो ब्यक्तित्वलाई सुहाउँदो र फरक स्वादको फिल्मको अफर आए केहि नयाँ गरेर देखाउने छु ।’उनले आफु केहि समय ब्रेक लिएर बस्न चाहेको तर पनि विभिन्न औपचारीक तथा अनौपचारीक कार्यक्रममा भाग लिन देश तथा विदेशमा दौडधुप यथावत रहेको बताउँदै उनले भने ‘म बिहानदेखि बेलुकीसम्म खाली नै हुँदिन एक नएक कार्यक्रममा सहभागी भैरहेको हुन्छु ।’
एक्सन नायकका रुपमा परिचित नायक राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् । यद्यपी राजेश हमालले अभिनय गरेका फिल्महरु गुणस्तरीय भन्दा पनि संख्यात्मक मात्र रहे ।
उनले निकै आशा गरेका पछिल्ला दुई फिल्म ‘बसन्ती’ र ‘सकुन्तला’ बक्सअफिसमा असफल भएका थिए । त्यसयता नायक हमाल पर्दामा खासै जम्न सकेका छैनन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।