काठमाडौँ । सञ्चारकर्मी सन्जोक बस्यालले अपाङ युवाको विषयलाई लिएर डकुमेन्ट्री बनाएका छन् । बस्यालको निर्देशन तथा निर्माणमा बनेको डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ सेल्फ डिपेन्डेन्सको युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
अपांगता भए पनि बिहान बिहानै पोखराका विभिन्न ठाँउ पुगेर पत्रिका बेचेर जीवन गुजारा गर्दै आएका कृष्ण थापाको दैनिकीलाई बस्यालले डकुमेन्ट्रीमा उतारिएको छ । निर्देशक बस्यालले भन्नुभयो, हरेक दिन बिहान पोखराको सडकहरुमा जब मैले कृष्णले पत्रिका बेच्दै गरेको देखे त्यस पछि मेरो मनमा छुट्टै जोश र जाँगर पलाएर आउँथ्यो र म सोँच्थे एउटा अपाङ्गता भएको युवा त आफुले सकेको काम गरेर खुसी भएर जीवनलाई सरल रुपमा अगाडि बढाउन सक्छ भने हामी मध्ये कति शारीरिक रुपमा सक्षम भएर पनि जिवन देखि निरास हुन्छौ, उहाँले भन्नुभयाे ।
काम गरेर बाँच्न जान्यो भने जीवन कति सुन्दर छ । भन्ने सन्देश दिन खोजेको छ,बस्यालले डकुमेन्ट्री कृष्ण अन्तराष्ट्रिय माउन्टेन फिल्म फेस्टीवल र ह्युमेन राईट्स फिल्म फेस्टीवलमा पनि प्रदर्शन भैसकेको छ ।
डकुमेन्ट्रीको सम्पादक जितेश प्रधान, क्यामेरा प्रकाश गुरुङ काश, भाषा दीपक थापा र गणेश पौडेल कोओर्डिनेटरहरु अर्पण तिवारी, शंकर तिवारी, कमल थापा र सुशन घिमिरे
छन् । कृपया जति सक्यो धेरै शेयर गरि धेरै मानिस समक्ष पुर्याउँ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।