एजेन्सी । बलिउड स्टार आमिर खान आज आफ्नो ५४ औँ जन्मदिन मनाउँदै छन् । उनी सन् १९६५ को मार्च १४ मा जन्मेका थिए । उनी मुम्बइमो बन्द्रा स्थित आफ्नै घरमा जन्मदिन मनाउँदै छन् ।
भारतीय सञ्चार माध्यमका अनुसरा उनी विगतका वर्ष झैँ मिडियाको अगाडि आफ्नो जन्मदिनको केक काट्ने भएका छन् । मिडियाकै अगाडि अाफन्त, साथिहरू एवं परिवारका साथ उनी जन्मिदन मनाउँदैछन् । जन्मदिनकाे अवसरमा अामिरलार्इ फेसबुक, टुइटर लगायतका सञ्जालमाध्यमबाट उनका प्रशंसकले शुभकामना समेत दिँदै छन् ।
त्यसपछि उनी नर्थ आयरल्याण्डतिर जाने बताइएको छ । त्यहाँको फिल्म फेस्टमा सहभागि उनी नर्थ आयरल्याण्ड जान लागेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।