काठमाडौं । गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजल’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा मुकेश हुमागाईँको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ । नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ ।
काठमाडौं आसपास र गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोलाई दर्शक स्रोताले मन पराउने बिश्वास गाजल टिमले लिएको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।