काठमाडौं । ‘बाहुबली’ फिल्म जस्तो ब्लकबस्टर फिल्म बनाइसकेका निर्देशक एसएस राजमौलीले मल्टिस्टार फिल्म ‘RRR’ निर्माणको घोषणा गरेका छन् । हैदरबादमा पत्रकार सम्मेलन गरी निर्देशक राजमौलीले फिल्मको घोषणासँगै रिलिज मिति र स्टारकास्टको जानकारी गराएका छन् ।
राजमौलीको यो फिल्म ३० जुलाई २०२० बाट दर्शकमाझ रिलिजमा आउने भएको छ । यो फिल्म तमिल, हिन्दी, तेलुगु र मलायम भाषामा रिलिज गरिनेछ । यसका साथै यो फिल्ममा स्टारकास्टमा बलिउड अभिनेत्री आलिया भट्ट र अजय देवगन पनि जोडिएका छन् ।
त्यस्तै जुनियर एनटिआर र राम चरण स्टारर् फिल्मको कास्टिङलाई लिएर लामो समयदेखि बज बनेको थियो । अनि अभिनेत्री आलियाले फिल्ममा साइन गर्ने चर्चा चलिरहेको थियो ।
तर अहिले आएर आलियाले यस फिल्मबाट साउथ फिल्म उद्योगमा पनि डेब्यु गर्ने पक्का भएको छ । यो फिल्ममा आलिया मुख्य भुमिकामा हुनेछन् । उनले अभिनेता राम चरणको अपोजिट भूमिकामा देखिनेछन् । फिल्ममा आलिया पावरफूल भूमिकामा देखिनेछन् ।
त्यस्तै अर्को अभिनेता अजय देवगनको भूमिकामाथि बोलदै निर्देशक राजमौलीले भने, ‘फिल्ममा अहम रोल गर्नका लागि अजय देवगन राजी भएका छन् । उनी ‘RRR’को हिस्सा बनेर खुसी छन् । हामीले चाँडै सुटिङ डेट फाइनल गर्नेछौं ।’
फिल्मको कहानीको खुलासा गर्दै राजमौलीले भने, ‘यो पूर्ण रुपमा फिक्शन बेस्ड हो । जुन दुई रियल हिरोमा आधारित छ । हामीले ठूलो बजेटमा यो फिल्म बनाउँदै छौं । मलाई सानो बजेडको फिल्म बनाउन मन पर्दैन । सबै कुरा भव्य हुनेछ । धेरै भन्दा धेरै अनुसन्धान गरिएको छ ।’
मेकर्सका अनुसार यो फिल्म ३५०– ४०० करोडको ठूलो बजेटमा निर्माण गरिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।