काठमाडाै । बलिउड नायिका आलिया भट्ट यतिबेला आफ्नो नयाँ फिल्म ‘कलंक’को प्रचार प्रसारमा ब्यस्त छिन् । उनले आफ्नो प्रेमी रणबीर कपूरको तारिफ र प्रशंसा गर्दै आफु आज जहाँ छु त्यसमा रणबीरको भूमिका खास रहेको बताएकी छिन् ।
त्यसो त आलिया आफ्नो प्रोफेशनल लाइफ साथै पर्सनल लाइफलाई लिएर खासै मिडियामा बोल्दिनन् तर आफ्नो प्रेमसम्वन्धबारे बोल्न कती पनि हिच्किचाउँदिनन् ।
६४औं फिल्मफेयर अवार्डमा आलिया भट्टको फिल्म ‘राजी’ले धूम मच्चाएको छ ।तर यस अवार्ड शो त्यतीबेला उल्लासमय रह्यो जव आलियाले रणबीर कपूरलाई सबको सामु आइ लव यू भन्दै प्रेम सम्वन्धलाई थप प्रष्ट्याइन् ।
आलियाको फिल्म ‘राजी’बाट उनले उत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल रहिन् । अवार्ड हात परेसँगै आलियाले आफ्नो मन्तब्य राख्ने क्रममा रणबीरतिर इशारा गर्दै भनिन् ‘आजको खुशी हाम्रो प्रेमको भागमा जान्छ ।’
त्यहाँ मेरो सबैभन्दा स्पेशल मान्छे छ जसलाई म भन्छु आइ लव यू आलियाले थपिन् -‘म अरु बेला आफ्नो ब्यक्तीगत जीवन र फिल्मी करियरलाई लिएर चुप रहन्छु तर आजको यस खुशीमा मैले त्यस्ता ब्यक्तिहरुको नाम लिनैपर्छ जसले मेरा खुशीयालीमा थप हात बढाएको छ ।’
आलियाले रिलिजको तयारिमा रहेको फिल्म कलंकमा गरेको नृत्य र अभिनयको निकै तारिफ गरिएको छ । फिल्ममा आलियाको साथै संजय दत्त,सोनाक्षी सिन्हा, आदित्य राय कपूर, वरुण धवन र माधुरी दीक्षित जस्ता कलाकारहरुको मूख्य भूमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।