एजेन्सी । बलिउड सुपरस्टार सलमान खानका फिल्म ‘भारत ‘जुन ५ बाट भारतका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ। खास गरी इदको मौका पारी यो फिल्मलाई रिलिज गर्न लागेको हो ।
पछिल्लो केही वर्षदेखि सलमानले आफ्नो फिल्मलाई इदको समयमा प्रदर्शन गर्दै आएका छन् । उनको फिल्मले प्रदर्शनको पहिलो दिन भने राम्रो नै कमाई गर्दै आएको भारतीय मिडियामा खबर छ । हाल भारतीय हलहरुमा आउन लागेको फिल्म ‘भारत’ ले कती कमाई गल्र्लान त भन्ने उत्सुक्ता जगाएको छ ।
सलमान र कटरीना कैफ स्टारर फिल्म ‘भारत’ इदमा रिलिज हुने भएकोले यो फिल्मले पहिलो दिनमा ३० करोड आकाडा छुन सक्ने प्रेडिक्सन भारतीय मिडियाहरुले गरेको छ । पछिल्लो हरेक साल इदमा रिलिज भएको उनको फिल्मले नयाँ रेकर्ड बनाइएको छ ।
५ जुनमा क्रिकेट ‘वल्र्ड कप’ मा भारतको म्याच साउथ अफ्रिकासंग हुँदैछ । तर ट्रेड एनालिस्टका अनुसार फिल्मका कमाइमा भने क्रिकेट म्याचको धेरै असर नहुन सक्छ । यो भन्दा अगाडि सलमानको इदमा रिलिज भएको फिल्महरुले कमाई गरेको इतिहास यस्तो छ ।
‘रेस ३’
फिल्म ‘रेस ३’ इद पर्वको दिन रिलिज भएको थियो । यो फिल्मले पहिलो दिन २९.१७ करोड कमाई गरेको मिडियले जनाएको छ । फिल्मको निर्देशक रमो डिसूजाले गरेका थिए । यो फिल्ममा सलमान खानसंगै अनिल कपूर , बाबी देओल, जैकलिन फर्नाडिस,डेजी शाह, साकिब सलीम लगायतका कलाकारहरुको अभिनय रहेको थियो ।
‘ट्युबलाइट’
फिल्म ‘ट्युबलाइट’ ले पहिलो दिनमा २१ करोड गरेको रेकेर्ड रहेको बताइको छ । सलमानले भारतीय मिडियासंग कुराकानी गर्दा फिल्म ‘ट्युबलाइट’ एक सफल फिल्म रहेको बताउदै आएका थिए ।
‘सुल्तान’
फिल्म ‘सुल्तान’ सलमान खानका सुपरहिट फिल्म मध्य एक हो । यस फिल्ममा सलमानले रेसलरका भूमिका निभाएका थिए । फिल्मले बक्स अफिसमा शानदार कलेक्शन गरेको बताइएको थियो । फिल्मले पहिलो दिन ३६.५४ करोड कलेक्सन गरेको जनाएको थियो । सलमानसंग अनुष्का शर्माले अभिनय गरेकी थिइन् ।
‘बजरंगी भाइजान’
सलमान खानकी सुपरहिट फिल्म ‘बजरंगी भाइजन’ ले पहिलो दिन २७.२५ करोड कमाएको थियो । ‘बजरंगी भाइजान’ का निर्देशन कबीर खानले गरेका थिए । जसमा सलमानका साथ करीना कपूर अहम भुमिकामा नजर आएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।