काठमाडौं । ‘धनपति’फेम अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छन् । अभिनेत्री पन्तले फिल्म ‘आमा’को लागि कपाल मुन्डन गरेकी छन् । फिल्मको कथा अनुसारनै अभिनेत्री पन्तले कपाल मुन्डन गरेकी बताइएको छ ।
‘आमा’लाई एक्शन कट गरिरहेका दीपेन्द्र के खनालले सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतका कलाकारहरुले फिल्मका लागि विना सम्झौता कडा मेहनत गरिरहेको जानकारी गराएका छन् । यता अभिनेत्री पन्तले फिल्मको सिनमा कपाल काट्नुपर्ने भएपछि कपाल काटेकी बताएकी छन् ।
साथै आफूले फिल्म उत्कृष्ट बनाउनकै लागि कुनै कम्प्रोमाइज नगरी कपाल काटेकी जनाएकी छन् । केही दिन अगाडि सिन्धुलीको गल्कोट पुगेर ‘आमा’को केहि सिन खिचेर फर्किएको युनिट अहिले काठमाडौं आइपुगेको छ ।
झरीमा खिच्नुपर्ने एउटा सिन भएको जानकारी गराएको छ, भने झरी कुरेको पाँच दिन भइसकेको निर्माण पक्षको भनाइ छ । सिनामङ्गल–कोटेश्वर सडकखण्डमा पानीमा खिच्ने सिनका लागि झरीको पखाईमा रहेको निर्देशक खनालले बताए ।
यो फिल्ममा मिथिला शर्माले ‘आमा’को भूमिकामा निभाउँदै छन् भने छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्तले । ‘आमा’लाई फागुन नौं गतेबाट दर्शकमाझ रिलिज गरिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।