काठमाडौ । बलिउडकी चर्चित नायिका सन्नी लियोनी शुक्रबार काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी छन् ।
भारतीय हट नायिका भनेर चिनिएकी नायिका लियोनी बिहीबार नेपाल आईपुगेकी हुन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उनले आज सागितिक कार्यक्रममा सहभागीता जनाउनेछिन् ।
पोर्न स्टारबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी लियोनीको उच्च लोकप्रियता बलिउडमा अझै कायम रहेको छ । शुक्रबार त्रिभुवन त्रिवुमानस्थलमा ओर्लिएका उनलाई समर्थक र आयोजकले नेपाली भादगाउँले टोपी लगाइदिएर भव्य स्वागत गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।