
- सुमन कार्की
पाल्पा । पाल्पाली युवा गायक प्रदिप गैरेको मार्मिक मर्म स्पशी गीत मुटु सिउँनो सियोको भिडियो सार्वजनिक भएको छ । यस अघि गैरेले आफ्नो पहिलो एल्बम लोक कमेडी भजन राम राम रामकृष्ण लिएर आएका थिए ।
मुटु सिउँनो सियोमा पाल्पाली गायक तथा हाँस्य कलाकार शिव भट्टराईको उत्कृष्ट शब्द लेखन र थेगो रहेको छ भने पाल्पाली ठिटो लोकप्रिय हाँस्य कलाकार शंकर घिमिरे (पण्डित बा)को निर्देशनमा बनेको हो ।
गीतमा प्रदिप गैरेलाई शान्ता घर्तिमगरकाे स्वर रहेकाे छ । गीतको एरेन्ज खेमगोपाल थापाले गरेका हुन् । भिडियोको छाँयाकन पाल्पाका रमणीय तथा धार्मिक स्थल राम्दी र तानसेन ध्रुवघाटको बलपार्कमा गरिएको हो ।
मुटु सिउँनो सियोको म्युजिक भिडियोमा मोडल सपना थापा, सुरज सुर्यबंशी, शंकर घिमिरे,खेम गोपाल थापा र स्वयंम गायक गायीका प्रदिप गैरे र शान्ता घर्तिमगरको रहेको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।