एजेन्सी, २३ फागुन । हलिउड स्टार पामेला एण्डरसनले आफ्नो बडीगार्ड डे हेयहस्र्टसँग क्रिसमस इभमा विवाह गरेकी छन् ।पामेलाले यसै वर्षको जनवरीमा पाँचौं विवाह गरेकी हुन् । उनले बैंकूवर आइल्याण्डमा रहेको घरमा विवाह गरेकी जनाइएको छ । उक्त घर पामेलाको हजुरबुवा र हजुरआमाले कैयौं वर्ष अगाडि खरिद गरेका थिए ।
पामेला आफ्नो पतिसंग क्यानाडा सिफ्ट हुन चाहन्छिन् । त्यहीकारण उनले मालिबु सहरको आफ्नो विशाली घर बेच्न लागेकी छन् । उक्त घरको मूल्य निकै महंगो रहेको जनाइएको छ ।
चारवटा कोठा रहेको उक्त घरको मूल्य पामेलाले १४ दशमलब ९ मिलियन डलर राखेकी छन् । घरको डिजाइन फिलिप वरोचले गरेका हुन् ।पामेला सलमान खानले होस्ट गर्ने चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस ४’को हिस्सा थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।