काठमाडौं, २८ फागुन । अभिनेता राजकुमार राव र जाह्नवी कपूरको फिल्म ‘रुही’ ११ मार्च (विहीबार)बाट दर्शकमाझ रिलिजमा आइसकेको छ । रिलिजको पहिलो दिन नै फिल्म ‘रुही’ले कमाईको ममलामा पनि सरप्राइज दिएको छ ।
कोरोना महाकारीको बावजुद पनि यस फिल्मले महाशिवरात्रिको विदाको फाइदा मिलेको छ ।
पहिलो दिन कति कमायो ?
ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार ‘रुही’ फिल्मले पहिलो दिन नेशनल मल्टिप्लेक्समा करीब १.८९ करोड भारतीय रुपैयाको ब्यापार गरेको छ । त्यस्तै, टायर २ सिटिजमा पनि डिसेन्ट कमाई गरेको छ ।
यस फिल्मले रिलिजको पहिलो दिन (विहीबार) ३.०६ करोड भारतीय रुपैयाको ब्यापार गरेको छ । यस फिल्ममा बरुण शर्माको पनि मुख्य भूमिका रहेको छ । दर्शकहरुले यस फिल्मलाई मिक्स रिएक्शन दिएका छन् । क्रिटिकल्ली फिल्मले राम्रो रेस्पोन्स पाएको छ ।
फिल्मको प्रोमोशनका लागि राजकुमार रावले बेचे टिकट
यस फिल्मको प्रोमोशनका लागि अभिनेता राजकुमार रावले टिकट काउन्टर सम्हालेका थिए । उनी आफैले दिल्लीको एक थिएटरमा टिकट बेचेका थिए । उक्त तस्वीर सोसल मिडियाहरुमा भाइरल समेत भइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।