काठमाडौं, ७ चैत । अस्ट्रेलियाकी चर्चित मोडल भिक्टोरिया म्यानटिन पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छन् ।
अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को भिडियोमा अस्ट्रेलियन मोडल म्यानटिनलाई पर्दामा उतारेका हुन् ।
‘सुस्तरी’को भिडियोलाई अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको छ, जसमा निर्देशक गिरीको प्रसस्तै निर्देशकीय कला देख्न सकिन्छ ।
लामो समयदेखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका निर्देशक गिरीले धेरै अंग्रेजी सर्ट फिल्म र टीभी शोहरुको निर्देशन गरिसकेका छन् । त्यस्तै, नेपाली भिडियो सम्बन्धी कामहरु पनि गरेका छन् ।
[embedded content]
‘सुस्तरी’मा गायिका सुजता पाण्डेको शब्द संगीत र स्वर रहेको छ । भिडियोलाई एजी फिल्म अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।