एजेन्सी, ८ चैत । बलिउड अभिनेत्री रानी मुखर्जीको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा गरिएको छ ।रानीको जन्मदिनको दिनको अवसरमा नयाँ चलचित्रको घोषणा गरिएको हो । आज उनी ४३ औं जन्मदिन मनाइरहेकी छिन् । उनी सन् १९७८ मार्च २१ मा जन्मिएकी हुन् ।
मिसेस चटर्जी भर्सेस नर्वे’ चलचित्रले एक आमाको संघर्ष र लडाइको कथा भन्ने जनाइएको छ । यो चलचित्रमा वास्तविक कथा रहेको बताइएको छ । भारतीय मिडियाका अनुसार यो चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।
चलचित्र अशिमा चिब्बरद्वारा निर्देशित हुनेछ र जी स्टूडियो र स्थानीय एम्मे मनोरन्जनले निर्माण गरिने जनाइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।