नयाँदिल्ली, १२ चैत । बलिउडका सुपरस्टार सलमान खानले पनि कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् । बुधबार (हिजो) लीलावती अस्पताल पुगेर सुपरस्टार सलमान खानले कोरोना भ्याक्सिनको पहिलो खोप लगाएका हुन् ।
अभिनेता खान आफैले ट्वीट गर्दै यसबारे जानकारी गराएका हुन् । अभिनेता खानले आफ्नो ट्वीटमा लेखेका छन्, ‘आज मैले भ्याक्सिनको पहिलो डोज लिएको छु ।’ अभिनेता खानको यस ट्वीटपछि विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।
Took my first dose of vaccine today….
— Salman Khan (@BeingSalmanKhan) March 24, 2021
पछिल्लो समय छिमेकी भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्र रुपमा फैलिइरहेको विषयमा त्यहाँको केन्द्रीय सरकारले पनि चिन्ता व्यक्त गरिसकेको छ । हालसम्म भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिइसकेको छ ।
गत बुधबारसम्म १० हजार ७८७ जनाको स्याम्पल टेष्ट गर्ने क्रममा ७७१ जना विरामीका कोरोना भाइरसको नयाँ भेरियन्ट पाइएको थियो ।
जसमध्ये ७३६ जनामा यूके भेरियन्ट र ३४ जनामा साउथ अफ्रिकन भेरियन्ट तथा १ जनामा ब्राजिलियन भेरिन्ट पाइएका बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।