काठमाडौं, २१ चैत । टीभीको पपुलर शो ‘ये रिश्ता क्या कहलाता है’ फेम कांची सिंहमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अभिनेत्री कांची सिंह आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी हुन् ।
पछिल्लो समय अभिनेत्री कांची सिंहले भोपालमा आफ्नो आगामी फिल्मको सुटिङ गरिरहेकी थिइन् । एक पोष्ट सेयर गर्दै अभिनेत्री कांची सिंहले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् । योसँगै कोरोना पोजेटिभ बलिउड कलाकारहरुको लिष्टमा कांची सिंहको नाम पनि सामेल भएको छ ।
अभिनेत्री कांची सिंहले लेखेकी छन्, ‘मलाई कोरोना भाइरस पोजेटिभ भएको छ । मैले आफूले आफैलाई क्वारेन्टाइन गरेकी छु । घरमा आइसोलेट भइसकेकी छु । मैले सबैलाई सावधानीहरुलाई अपनाइरहेकी छु ।
बाहिर जो–जो हुनुहुन्छ, सबैले आ–आफ्नो रेखदेख गर्नुहोला । आवश्यक नभएसम्म बाहिर ननिस्कनुहोला । हामी सबै घरभित्र रहनु जरुरी छ, तबमात्र हामी यस खतरनाक भाइरससँग लड्न सक्छौं ।’
केही समय अगाडि आफ्नो ब्वाइफ्रेण्ड रोहन मेहरासँग ब्रेकअप गरेकी कारण अभिनेत्री कांची सिंह निकै चर्चामा थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।