काठमाडौं, २३ चैत । चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ ।कलाकार रीश्मा गुरुङ, बुद्दि तामाङ, गौरव मल्ल र रिकजंग दोर्जे भुटियाको अभिनय रहने यो चलचित्रलाई अर्विन्द राज गुरुङले निर्देशन गर्दैछन् ।
यो चलचित्रको छायांकन नेपालसँगै भारतको दार्जिलिङ्ग, सिक्किम र कोलकत्तामा हुने जनाइएको छ । अर्विन्द राज प्रोडक्शन र आनजिग प्रोडक्शन यूकेको सहकार्यमा निर्माण हुने बताइएको छ ।
निर्माणपक्षका अनुसार चलचित्रमा यान्की याल्मोको पनि अभिनय रहने छ ।चलचित्रमा निरमे प्रोडक्शन कुवेत र सुप्रिया तामाङको पनि निर्माणमा सहयोग रहनेछ ।
चलचित्रमा चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।