काठमाडौं । थारु संस्कृति र परम्परा जोगाउनका लागि थारु कलाकारहरु अहोरात्र खटिरहेका छन् । जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको आवाजमा रहेको डान्सिङ शैलीमा तयार भएको थारु गीत ‘मै बनबु राजा तु बनबो रानी’ ।
निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत ‘मै बनबु राजा तु बनबो रानी’ बजारमा आएसँगै चर्चा सुरु भएको छ ।
चर्चित संगीतकार सिल शर्माको शब्द संगीत समावेश यस गीतमा निर्देशक चौधरीले आरजु बैजु र नितेश चौधरीलाई गज्जबसँग प्रस्तुत गरेका छन् ।
आरजु र नितेशको रोमान्सको दृश्य देख्दा जोकोहीलाई पनि नाचौँ नाचौँ लाग्छ । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नितेशका अलावा सन्दीप चौधरी र विजय चौधरीको पनि अभिनय रहेको छ ।
संकल्प भुजेलको छायांकन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन रहेको छ । जसको निर्माताका रुपमा निरज र चन्दी चौधरी रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।