काठमाडौं । बलिउड अभिनेताद्वय अर्जुन रामपाल र नील नितिन मुकेसलाई पनि कोरोना संक्रमण भएको छ ।
अभिनेताद्वय अर्जुन र नील नितिन दुवैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जनाकारी दिएका हुन् । नील नितिन मुकेस एक्लै नभई उनका पूरै परिवार कोरोना संक्रमित रहेको पाइएको छ ।
सावधानी अपनाउन अर्जुन रामपालको अपीलः
अभिनेता अर्जुन रामपालले शनिबार राति इन्स्टाग्राममा लेखेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ । म एसिम्प्टोमेटिक भएपनि मैले आफूले आफैलाई घरमा नै आइसोलेट गरेको छु । त्यस्तै, आवश्यक चिकित्सा स्याहार लिइरहेको छु ।’
उनले पछिल्लो १० दिनसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई सावधानी अपनाउन अपील पनि गरेका छन् । अहिलेको समय सबैका लागि डरलाग्दो भएको उल्लेख गर्दै उनले थप भनेका छन्, ‘यो हाम्रो लागि एकदम डरलाग्दो समय हो । तर, यदि हामी केही समयको लागि सचेत र बुद्धिमानी भयौं भने लामो समयसम्म फाइदा हुन्छ । हामी सँगै गर्न सक्छौं र कोरोनासँग लड्न सक्छौं ।’
सावधानी अपनाउँदा अपनाउदै पनि कोरोना संक्रमण भयो : नील नितिन
अर्का अभिनेता नील नितिन मुकेशले पनि शनिबार साँझ नै इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफूलाई मात्र नभई आफ्नो परिवारको सदस्यलाई समेत कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।
उनले भनेका छन्, ‘घरमै बस्नुलगायतका सबै आवश्यक सावधानीहरू अपनाउदा अपनाउदै पनि दूर्भाग्यवस् म र मेरो परिवारका सदस्यहरूमा कोरोना संक्रमण देखिएको छ । हामी सबै आवश्यक प्रोटोकलहरूको अनुसरण गर्दैछौं ।
हाम्रा डाक्टरको निर्देशन अनुसार औषधिहरू लिदैछौं । तपाईको सबै प्रेम र आशिष आवश्यक छ । कृपया परिस्थितिलाई हल्कासित नलिनुहोला ।’
त्यसोत, शनिबार नै बलिउडका अर्का अभिनेता सोनू सूदलाई पनि कोरोना संक्रमण भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।