काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको मोस्ट अवेटेड फिल्म ‘राधे’को ट्रेलर रिलिज भइसकेको छ । विहीबार (हिजो) मात्रै रिलिज भएको सलमान खानको ‘राधे’को टे«लरलाई दर्शकहरुले खुब रुचाइरहेका छन् ।
ट्रेलर रिलिज भएको दुई दिन नहुँदै साढे सात मिलियन भन्दा बढीले हेरिसकेका छन्, भने युट्युव ट्रेन्डिङ पाँचमा रहेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा जबरदस्त एक्शन, डाइलग, म्युजिक तथा डान्स प्रस्तुत गरिएको छ । तर, युजर्सले सलमान खानको ‘राधे’माथि गीत चोरीको आरोप लगाउन सुरु गरेका छन् ।
फिल्मको सार्वजनिक ट्रेलरमा सलमान खान र अभिनेत्री दिशा पटानीले ‘सिटी मार’ गीतमा डान्स गरेका छन् । तर, युजर्सले उक्त गीत साउथका सुपरस्टार अल्लु अर्जुन र पूजा हेगडेको गीत ‘सिटी मार’ कपी गरेको आरोप लगाइरहेका छन् ।
युजर्सले गीतको म्युजिक समेत कपी गरेको आरोप लगाएका छन् । ‘सिटी मार’ गीत अल्लु अर्जुन र पूजा हेगडे अभिनित ‘डीजे’ फिल्मको गीत हो ।
के भन्छन् युजर्स ?
सोसल मिडिया ट्वीटरमा एक युजर्सले लेखेका छन्, ‘अल्लु अर्जुन र पूजा हेगडेको फिल्म ‘डीजे’को सान्दार गीत ‘सिटी मार’को हिन्दी रिमेक सलमान खानको ‘राधे’मा छ । अब बलिउड इन्डष्ट्रीले गीत पनि चोरी गर्न थाल्यो । अब यस इन्डष्ट्रीमा ओरिजिनल केही पनि रहेन ।’
Sorry to say but Salman Can’t Dance Like ICON Staar #AlluArjun #seetimaar hindi Remake in #RadheTrailer pic.twitter.com/h1hXpBk7mk
— AKB MEDIA (@media_akb) April 22, 2021
The spectacular #Seetimaar song from @alluarjun and #PoojaHegde #DJMovie is having a Hindi remake in #SalmanKhan #Raadhe.
Now #bollywood industry has started to copy songs as well, #greatjob👏👏. There is nothing original remaining in this industry whatsoever.
— Er. Makarand Patil (@thecynophilist1) April 22, 2021
त्यस्तै, अर्का एक युजर्सले लेखेका छन्, ‘बलिउडको तर्फबाट अल्लु अर्जुन भाई सरी । अब ‘सिटी मार’को बर्बाद हुने समय आयो । सिङ्गरको तर्फबाट होइन, डान्सरको तर्फबाट ।’
सलमान खानको यस फिल्मलाई प्रभुदेवाले निर्देशन गरेका हुन् । यो फिल्ममा सलमान खान, दिशा पटानी, रणद्दीप हुड्डा, ज्याकी श्रफलगायत मुख्य भूमिकामा रहेका छन् ।
सलमान खान र प्रभुदेवाको यो तेस्रो पटक टिमअप हो । यसअघि सलमान र प्रभुदेवाले वान्टेड र दबंगमा काम गरेका थिए । वान्टेडलाई निकै रुचाइएको थियो, भने दबंगले ठीक–ठाक रेस्पोन्स पाएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।