काठमाडौं । बलिउड फिल्म उद्योगमा ‘कास्टिङ काउच’को मुद्दा पुरानो भइसकेको छ । बलिउडका कयौं चर्चित अभिनेत्रीहरुले आफू कास्टिङ काउचको सिकार बनेको किस्साहरु सेयर गरिसकेका छन् । यसैबीच अर्की अभिनेत्री इशा अग्रवालले पनि कास्टिङ काउचको आफ्नो अनुभव सार्वजनिक गरेकी छन् ।
मिस ब्यूटी टप अफ द वल्र्ड–२०१९ को उपाधिसमेत जितेकी इशा अग्रवनलले पनि बलिउड उद्योगमा कास्टिङ काउचको सामना गर्नुपरेको थियो ।
ज्याकी श्रफ र सञ्जय कपूर स्टारर् फिल्म ‘कहीं है मेरा प्यार’ र तमिल फिल्म ‘थिट्टीवासल’मा काम गरिसकेकी इशा अग्रवालले भनेकी छन्, ‘मनोरञ्जन जगतसम्मको मेरो सफर सजिलो थिएन । लातुर जस्तो सानो शहरबाट आएर मुम्बईमा चर्चा कमाउन निकै चुनौती थियो ।’
उनले थप भनेकी छन्, ‘मनोरञ्जन जगतमा काम गर्ने तपाईको सोचलाई मान्छेहरुले सहमति दिदैनन् । जसोतसो मैले आफ्नो बुबा–आमालाई मनाए । पढाई सकाएर म मुम्बई पुगे र अडिशनको खोजीमा लागेँ ।’
बलिउडमा कास्टिङ काउचले जड गाडेको बताउँदै उनले भनिन्, ‘मुम्बईमा म एकदम नयाँ थिँए । मलाई कास्टिङ गर्ने एक ब्यक्तिले मलाई उसको अफिसमा बोलायो । म आफ्नो बहिनीसँग उसको अफिसमा पुगे । उनले चर्चित अभिनेत्रीहरुलाई कास्ट गरिसकेको बतायो र मलाई पनि राम्रो प्रोजेक्टमा लञ्च गर्ने बताए ।’
तर, कास्ट गर्ने ब्यक्तिले अचानक लुगा खोल्न लगाएको बताउँदै उनले भनिन्, ‘मेरो शरीर हेर्नकै लागि उनले अचानक लुगा खोल्न भन्यो । त्यसपछि मैले उनको अफरलाई अस्वीकार गर्दै अफिसबाट बहिनीलाई लिएर बाहिर निस्किए ।’
भारतीय मिडियाका अनुसार बलिउडमा अधिकांश अभिनेत्री कास्टिङ काउचको शिकार बन्न बाध्य हुन्छन् । त्यसोत, कास्टिङ काउचको विषयमा अभिनेत्री कंगना रनौत, तापसी पन्नुललगायतले चर्को कुरा उठाउँदै आएका छन् । केही वर्ष अगाडि मात्रै बलिउडमा कास्टिङ काउचको विषयमा ‘ह्यासट्याग मि टू’ क्याम्पेन सञ्चालन गरिएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।