काठमाडौं । साहित्यकार तारा लिम्बू पछिल्ला दिनमा साहित्य सिर्जनामा ब्यस्त छिन् । हरेक साता विभिन्न सञ्चारमाध्यममा नयाँ–नयाँ आफ्ना सिर्जनाहरु प्रकाशित गर्दै आइरहेकी साहित्यकार ताराको नयाँ गीत ‘आधा लैजाऊ तिमी, माया’को भिडियो सार्वजनिक भएको छ ।
साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराको नयाँ गीतमा लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको छ । सार्वजनिक गीतमा कम्पोज तथा एरेन्ज सबिन लिम्बूको रहेको छ ।

गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन ।
सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा प्रेम र रोमान्सका रोमान्टिक दृश्यहरुलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । जसमा आफ्नी मायालुलाई फकाउन प्रेमीले भावी जीवनका सपनाहरु देखाएका छन् ।
प्रेम र रोमान्सले भरिएको गीतको भिडियो बजारमा ल्याएसँगै गीतकार तारा प्रफुल्लित छिन् । उनले आगामी दिनमा पनि यस्तै सिर्जनालाई निरन्तरता दिने बताइन् । सार्वजनिक भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।