
काठमाडौं । ब्लकबस्टर फिल्महरु ‘मैने प्यार किया’, ‘हम आपके कौन’, ‘हम साथ साथ है’लगायतमा संगीत भरेका संगीतकार राम लक्ष्मण अर्थात् विजय पाटिलको निधन भएको छ । लामो समयदेखि विरामी रहेका संगीतकार पाटिलको शनिबार ७९ वर्षको उमेरमा निधन भएको हो ।
राम लक्ष्मणको वास्तविक नाम विजय काशीनाथ पाटिल हो । उनले २०० भन्दा बढी फिल्ममा संगीत भरिसकेका छन् । उनले कयौं भोजपुरी र मराठी फिल्ममासमेत संगीत भरेका छन् । उनले राजश्री प्रोडकशनको फिल्मबाट विशेष चर्चा कमाएका थिए ।
चर्चित संगीतकार विजय पाटिलको निधनमा सदाबहार गायिका लता मंगेशकरले दुःख ब्यक्त गरेकी छन् । उनले ट्वीट गर्दै लेखेकी छन्, ‘लोकप्रिय संगीतकार राम लक्ष्मण (विजय पाटिल)को स्वर्गबास भएको मैले भर्खरै थाहा पाए । उहाँ धेरै राम्रो मान्छे हुनुहुन्थ्यो । मैले उहाँको कैयौं गीतहरु गाएँ, जुन निकै लोकप्रिय बने । म उहाँप्रति विनम्र श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
Mujhe abhi pata chala ki bahut guni aur lokpriya sangeetkar Ram Laxman ji (Vijay Patil) ji ka swargwas hua. Ye sunke mujhe bahut dukh hua. Wo bahut acche insaan the.Maine unke kai gaane gaaye jo bahut lokpriya hue. Main unko vinamra shraddhanjali arpan karti hun. pic.twitter.com/CAqcVTZ8jT
— Lata Mangeshkar (@mangeshkarlata) May 22, 2021
news24-adयो समाचार नयुज २४ नेपालबाट लिईएको हो।