
काठमाडौँ । निर्देशक निश्चल बस्नेतले गैह्र जिम्मेवार नेतृत्वको बिग्रेको व्यवस्थाको शिकार हुन्छौँ भन्ने डर लाग्ने बताएका छन् । उनले कलाकार आदर्श मिश्राका कम डायलसिस दिएकै कारण मंगलबार आफ्ना पितालाई गुमाको विषयमा बोल्दै सो बताएका हुन् ।
सामाजिक सञ्जालका स्टाटस लेख्दै उनले कोभिड मात्र हैन अरु रोग पनि छ भन्ने कुरा हेल्थ सिस्टमले पहिले नै वुझेको भए सहानुभुतीको आवश्यकता नपर्ने बताउदै नेतृत्वमाथि आक्रोश पोखेका छन् ।
उनले लेखेका छन् :- “सायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउमा पुराउन सकेको भए ..! हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ , डायलसिस टाइममा गर्न नसक्नु भनेको , चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह हो । मेरो घरमा पनि डायलसिसको बिरामी हुनुहुन्छ , कति कठिन हुन्छ थाहा छ मलाइ । शायद त्यो बिग्रेको मेसिन टाइममै बनाउने प्रसासन भएको भए, सायद मिडियाले राजनीतिको समाचार मात्र सम्प्रेशन नगरेर यस्तो बिषयलाइ पनि प्राथमिकता दिएको भए , सायद कोभिड मात्र हैन अरु रोग पनि छ जस्ले अफ्ट्यारो पारिरहेछ भन्ने हाम्रो हेल्थ सिस्टमले पहिले बुझेको भए आज उसलाइ सहानुभुतीको आवश्यकता पर्ने थिएन होला। अभिभावक गुमाउनुको पीडा म सम्झिन पनि सक्दिन, उसले भोगिरहेछ। हाम्रो गैर जिम्मेवार नेत्तृत्वको बिग्रेको सिस्टमको कारण कैयौं यस्ता घटना घटिरहेछन्। डर लाग्छ हामी पनि कहिले यही सिस्टमको सिकार हुन्छौं भनेर ।”
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।