
काठमाडौं । केही समय अगाडि मात्रै करण जोहरको फिल्म ‘दोस्ताना–२’बाट अभिनेता कार्तिक आर्यन बाहिरिएका थिए । यसैबीच शाहरुख खानको प्रोडक्शन रेड चिलिजमा बनिरहेको फिल्म ‘फ्रैडी’बाट पनि अभिनेता कार्तिक आर्यन बाहिरिएका छन् ।
‘फ्रैडी’ फिल्मका लागि लिएका दुई करोड साइनिङ अमाउन्ट पनि कार्तिकले फिर्ता गरेका छन् । जानकारी अनुसार अभिनेता कार्तिक आर्यनले फिल्ममा साइन गरेर कहानी अप्रुभ गरेपछि पनि स्क्रिप्टमा परिवर्तन गर्न माग गरेका थिए । सोही कारण प्रोडक्शन हाउसले कार्तिक आर्यनलाई बाहिर निकालेको हो ।
फ्लोरमा जानु अगाडि नै कार्तिक बाहिरिएपछि शाहरुख खानको प्रोडक्शनलाई खासै नोक्सान नभएको बताइएको छ । अब कार्तिकको ठाउँमा लिड अभिनेताको खोजी गरिने बताइएको छ ।
‘फ्रैडी’ फिल्ममा अभिनेता कार्तिकको साथमा अभिनेत्री क्याट्रिना कैफलाई कास्टिङ गरिएको थियो । लगातार दुई÷दुई वटा फिल्मबाट कार्तिक आर्यन बाहिरिएपछि सोसल मिडियामा नयाँ बहसको विषय नै बनेको छ ।
सोही क्रममा केहीले लगातार फिल्मबाट बाहिरिएर कार्तिक आर्यनले आफ्नो करियरलाई खतरातर्फ धकेलिरहेको बताइरहेका छन् । तर, केहीले भने करण जोहरकै कारण रेड चिलिजले पनि कार्तिकलाई बाहिरको बाटो देखाएको बताइरहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।