काठमाडौं । निर्माता तथा कलाकार दीपकराज गिरीले ‘गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ’ भन्दै आश्चर्य प्रकट गरेका छन् ।
शनिबार गणतन्त्र दिवसको शुभकामना दिदै कलाकार गिरीले राजतन्त्र र गणतन्त्रको तुलना गर्दै ‘गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ’ भन्दै आश्चर्य प्रकट गरेका हुन् ।
उनले सोसल मिडिया फेसबुकमार्फत् भनेका छन्, ‘राजाका पालामा जे पनि आदेशमा चल्थ्यो । गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ !’
उनले थप भनेका छन्, ‘राजाका पालामा संसद भनेको पञ्चायतको अंग, गणतन्त्रमा चाँहि संसद भनेको भंग का भंग । गणतन्त्रको दिवसको शुभकामना !’
सोसल मिडियामा सक्रिय कलाकार गिरीले समय–समयमा समय सान्दर्भिक स्टाटसहरु लेख्दै आएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।