काठमाडौं । पुराना छायाङ्कार राम शंकर प्रधानको ७२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आएका प्रधानको आइतबार साँझ साढे १० बजे वीर अस्पतालमा निधन भएको हो ।
प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा रहेकाछन् ।
प्रधानले ‘अजम्बरी नाता’, ‘पर्खी बसे’, ‘रगत’, ‘फेरि तिम्रो याद आयो’, ‘सुन्दर मेरो नाम’लगायतका दर्जनौं मिल्महरुको छायाङ्कन गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।