काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले फिल्म ‘गंगूबाई काठियावाडी’को सुटिङ पूरा गरेकी छन् । निर्देशक संजय लीला भंसालीको यस फिल्ममा अभिनेत्री आलियाले माफिया क्वीन गंगूबाईको भूमिका निभाएकी छन् । अभिनेत्री आलियाले सोसल मिडियामार्फत् फिल्मको सुटिङ पूरा गरेको जानकारी गराएकी हुन् ।
आलियाले तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘हामीले गंगूबाईको सुटिङ ८ डिसेम्बर २०१९ मा सुरु गरेका थियौं । दुई वर्षपछि हामीले पूरा गरेका छौं । फिल्म सुटिङको क्रममा हामीले दुई–दुई पटक लकडाउन, दुई चक्रावतको सामना ग¥यौं । साथै, फिल्मका निर्देशक र अभिनेतालाई कोरोना संक्रमणसमेत भएको थियो ।’
त्यस्तै, उनले निर्देशक संजय लीला भंसालीलाई धन्यबाद दिदै भनेकी छन्, ‘संजय भंसालीको निर्देशनमा काम गर्नु मेरो जीवनकै ठूलो सपना थियो । तर, मलाई लाग्दैनथ्यो कि कसैले मलाई यस सफरमा तयार गर्नसक्छ, जुन मैले पछिल्ल्लो दुई वर्षमा तय गरेँ ।’
यसैक्रममा आलियाले आफ्नो सम्पूर्ण क्रू मेम्बरलाई पनि सम्झिएकी छन् । आलिया र संजय लीला भंसालीको यो पहिलो फिल्म हो । यो फिल्ममा शांतनु महेश्वरी र अजय देवगन पनि मुख्य भूमिकामा रहेका छन् ।
We started shooting Gangubai on the 8th of December 2019 .. and we wrapped the film now 2 years later!
This film and set has been through two lock downs.. two cyclones.. director and actor getting covid during the making!!! the troubles the set has faced is another film pic.twitter.com/j30haVxB4y
— Alia Bhatt (@aliaa08) June 27, 2021
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।