एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इस्लामाबादमा आयोजना भएको सर्ट फिल्म फेस्टिभलमा चलचित्रकर्मीलाई हिन्दी चलचित्रको नक्कल नगर्न आग्रह गरेका छन् ।
पाकिस्तानी चलचित्र उद्योगमा सुरुवातदेखि नै हिन्दी चलचित्रको नक्कल भएको इमरानले बताए । पाकिस्तानी चलचित्र उद्योग बलिउडबाट प्रभावित भएको भन्दै नयाँ पुस्तालाई अहिलेको दुनियाँमा आफ्नोपन बिक्ने बताइएको छ । उनले नक्कलको कुनै पनि मुल्य नभएको जनाएको छ।
उनले भने, ‘पाकिस्तानी चलचित्रमा बलिउड र हलिउडको प्रभाव रहेको छ । ’ उनले आफ्नो देशका कथाहरुलाई चलचित्रमा समावेस गर्न जोड दिएका छन् । चलचित्र व्यवसायिक रुपमा बदलनको लागि आफ्नै देशको कथालाई उठाउनु पर्ने बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।