काठमाडौं । फिल्ममेकर करण जोहरले नयाँ फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ निर्माणको घोषणा गरेका छन् । पाँच वर्षपछि फिल्म निर्देशनमा फर्किएका करण जोहरको यस फिल्ममा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा रहने छन् ।
रणवीर र आलियाको यो दास्रो फिल्म हुनेछ, यस अगाडि यो जोडीले ‘गल्ली ब्बाई’ फिल्ममा सँगै काम गरिसकेका छन् । सो फिल्ममा रणवीर र आलियाको जोडीलाई दर्शहरुले निकै रुचाएका थिए ।
निर्माता÷निर्देशक करण जोहरले अभिनेता रणवीर सिंहको जन्मदिनको अवसरमा ‘रक्की और रानीकी प्रेम कहानी’ निर्माणको घोषणा गरेका हुन् । फिल्मको टाइटलसँगै सानो टिजर सेयर गर्दै करणले दर्शकहरुमा उत्सुकता बढाइदिएका छन् ।
भिडियोको क्याप्शनमा करणले लेखेका छन्, ‘तपाईको फेभरेट मान्छेको अगाडि क्यामेराको पछाडि जानका लागि रोमाञ्चित छु । रक्की और रानीकी प्रेम कहानी प्रस्तुत गर्न पाउँदा निकै खुसी छु । रणवीर र आलियाको अलवा अरु कोही पनि छैनन् ।’
यस फिल्मको कहानी इशिता मोइत्रा, शशांक खेतान र सुमित रायले लेखेका हुन् ।
Related
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।