काठमाडौं । सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका संगीता बिजलानी लामो समयदेखि सिल्भर स्क्रिनबाट टाडा छिन् । संगीता बिजलानीको पछिल्लो फिल्म ‘कातिल’ १९८८ मा दर्शकमाझ रिलिजमा आएको थियो ।
९ जुलाईका दिन (आज) आफ्नो ६१ औं जन्मदिन सेलिब्रेट गरिरहेकी अभिनेत्री संगीताले पुनः मनोरञ्जन जगतमा फर्कने इच्छा ब्यक्त गरेकी छन् ।
१६ वर्षको उमेरमै सुरु गरिन् करियर
अभिनेत्री संगीता लाइमलाइटबाट टाडा भएतापनि सोसल मिडियामार्फत् उनी आफ्नो फ्यानहरुसँग नजिक रहँदै आएकी छन् । १६ वर्षको उमेरमै फिल्मी करियर सुरु गरेकी अभिनेत्री संगीतालाई त्यतिबेला ‘बिजुली’को नामले चिनिन्थ्यो । संगीता अभिनित ‘हातिमताई’, ‘हथियार’, ‘त्रिदेव’लगायत ब्लकबस्टर फिल्महरु छन् ।
सलमान खान र संगीता बिजलानीको चर्चा
ऊ बेला अभिनेत्री संगीता विजलानी र सलमान खानको प्रेमको खुब चर्चा भएको थियो । सलमान र संगीताले आफ्नो विहेको कार्डसमेत छापेका थिए, तर विविध कारण उनीहरुले आफ्नो विहे क्यान्सिल गरेका थिए ।
त्यसपछि अभिनेत्री संगीताले क्रिकेटर अजरुद्दीनसँग विहे गरिन्, र आफ्नो फिल्मी संसारबाट टाडा रहिन् । सन् २०१० मा आएर संगीता र अजरुद्दीन छुट्टिइसकेका छन् ।
ओटीटीमार्फत् फिल्मी संसारमा फर्कने
भारतीय एक मिडियासँग कुराकानी गर्दै अभिनेत्री संगीताले डिजिटिल मिडियमबाट कमब्याक गर्ने इच्छा रहेको बताएकी छन् । उनले भनिन्, ‘म वेब शोहरुमा जम्न चाहन्छु । यदि मेरो हिसाबले सबै चिज फिट भएमा र मलाई राम्रो लागेमा अफरहरु एक्सेप्ट गर्नेछु ।’
उनले थप भनेकी छन्, ‘अहिले पनि मलाई विभिन्न अफरहरु आइरहेको छ, तर त्यसमा म खुसी छैन । म त्यस्तो किसिमको काम हेरिरहेकी छु, जुन नयाँ निर्देशकहरुले दर्शकहरुका लागि काम गरिरहेका छन् ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।