एजेन्सी । दक्षिण भारतका सुपरस्टार अभिनेता विजयलाई भारतको मद्रास हाइकोर्टले एक लाख जरिवाना तिर्न आदेश दिएको छ ।
विजयले बेलायतबाट सन् २०१२ मा यो कार मगाएका कारको कर नतिरको कारण हाइकोर्टले एक लाख जरिवाना तिर्न आदेश दिएको जनाएको छ । उनले आफ्नो लग्जरी कार रोल्स रायस घोस्टमाथि कर लगाएकोमा आपत्ती जनाएका थिए ।
अदालतले विजयलाई सम्मानित तरिकाले कर तिर्न आदेश दिएको छ ।
रोल्स रायस घोस्टको भारतीय बजारमा ६ करोड रुपैयाँ पर्दछ । तमिलनाडुमा यो कारको मुल्यमा २० प्रतिशत कर लाग्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।