काठमाडौं । कलाकार पल्पसा डंगोल जीवन र मरणको दोसाँधमा पुगेकी छन् । करिब ५ वर्षबाट दुवै किड्नी फेल भएर बाँचिरहेकी उनको अवस्था अहिले दयनीय बनेकाे छ ।
रकम अभावका कारण जीवन मरणको अन्तिम घडीमा रहेपनि उनलाई कतैबाट सहयाेग पाए मात्रै बाँच्छु भन्ने छ । उनले अस्पतालबाटै किड्नी तथा उपचारको लागि रकमको सहयोग समेत याचना गरिरहेकी छन् ।
हाँस्य टेलिश्रृखला मेरी बास्सैमा चम्सुरी पात्रको पात्रको रुपबाट चर्चित बनेकी उनको श्रीमानसँग सम्बन्ध बिग्रीएपछि लामो समय देखि २ छोरीको साहारामा थिइन् ।
कलाकारितासँगै दुई छोरीहरुको उज्वल भविष्याका लागि अनेकौँ संघर्ष गरेकी थिइन् । तर दुर्भाग्य उनकाे स्वास्थ्य भने संघर्षमा बाँधक बन्यो ।
कलाकारितामा लोकप्रीयता पाउदा जीवन जिविकामा केही सहज हुने आशा गरेकी उनले अहिले भने रकम अभावमा अस्पतालमा राेदनकाे चिच्याहटसँगै छटपटाइरहेकी छन् ।
उनी अहिले नै मर्ने चाहनामा नरहेको बताउछिन् । आफ्नी दुई छोरीको लागि भएपनि आफू बाँच्च चाहेको छटपटाउदै बताउछिन् । ५ वर्षदेखि उपचार खर्च टार्दै आएपनि २ महिना देखि आफूलाई अत्यन्तै संकट परेको उनको भनाइ छ ।
‘मलाई उपचारको लागि साह्र गाह्रो भएको छ। मेरो छोरीहरुको भविष्यको लागि संघर्ष गर्दा गर्दै मेरो किड्नी फेल भएको पत्तै पाइन। ५ वर्षदेखि उपचार गर्दै आएँ। तर २ महिनादेखि मलाई अन्यन्तै गाह्रो भएको छ,’ उनले अस्पतालबाटै भनेकी छन्, ‘मलाई बचाउने कोही भएन संशारमा मलाई कसैले किड्नी दिएपनि बाँचने थिएँ। अकालमा मेरो ज्यान जाँदैन थियो होला । मेरो भन्दा मलाई छोरीहरुको बढी चिन्ता छ । म उनीहरुको लागि भएपनि बाँच्न चाहन्छु।’
उनले आफूलाई सहयोग गर्न चाहनेले सम्पर्क चाहनेले सम्पर्क गर्न सक्ने पनि बताएकी छन् । उनलाई सहयोग गर्न ९८०३१३३६६९ मा सम्पर्क गर्न सकिने छ ।
त्यस्तै एभरेष्ट बैंकमा रहेकाे उनकाे खातामा रकम जम्मा गरेर पनि उनलाइ सहयाेग गर्न सकिने छ । उनलाइ रकम सहयाेग गर्न पल्पासा डंगाेल नामकाे खाता नम्बर ००१००५०१००२९७७ मा रकम जम्मा गर्न सकिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।