एजेन्सी । बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दयार गरेकी छन् । सेट्टीले मुम्बइको उच्च न्यायलमा उजुरी दर्ता गराएकी जनाइएको छ ।
श्रीमान राज कुन्द्रा सफ्ट पोर्न केसमा पक्राउ परेपछि शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । उनले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत लगाएकी छिन् ।
शिल्पाले गुगल, फेसबुक, युटुब र इन्स्टाग्रामविरुद्धमा मुद्दा दर्ता गराएकीछनसाथै, उनले आफ्नो मानहानी गर्ने सबै विषयवस्तु हटाउन समेत माग गरेकी छिन् ।
राज कुन्द्रा पक्राउ परेपछि विभिन्न मिडियामा शिल्पाको नाम समेत प्रयोग गरिएको छ । मिडियाले यो विषयमा शिल्पालाई पहिले नै थाहा भएको आरोप समेत लगाउने गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।