काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ चलचित्रमा साइन गरेका छन् ।
केसीले काठमाडौंको एक पाँचतारे होटलमा चलचित्र ‘एक्स नाइन’ मा साइन गरेका हुन् । शनिबार अनमोल र यसको निर्माणपक्षबीच औपचारिक रुपमा चलचित्रमा काम गर्ने संझौता भएको छ ।
चलचित्रको निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्स र अनमोलले ‘एक्स नाइन’ लाई ‘नेपालकै पहिलो ठूलो एक्सन चलचित्र’ भनेका छन् । चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक लिएको बताइएको छ ।
मुकुन्द भट्टले निर्देशन गर्ने यो चलचित्रको छायांकन जनवरीदेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ ।
चलचित्रमा किङ योगी र मुकुन्दको पटकथा रहेको बताइएको छ । चलचित्रका निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सोनु खत्री, सुवोध भट्ट रहेका छन् । दिनेश भट्ट चलचित्रका कार्यकारी निर्माता हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।