काठमाडौं। निर्देशक शोभित बस्नेतको चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी र शिव श्रेष्ठ भित्रिएका छन् ।
शोभितको यस चलचित्रमा शिव भुवन भन्दा पहिला नै अनुबन्धित भइसकेका थिए। शोभितले निर्देशन गरेका चलाचित्र ‘राजु राजा राम’ पछि पुनः फिल्म ‘डाँडाको बर पीपल’ मा उनीहरुलाई एकसाथ अभिनय गराउन लागेका छन्।
चलचित्र भदौ ५ गते चित्लाङबाट छायांकन सुरु हुने जनाइएको छ । चलचित्रमा शिव, भुवनसंगै गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको पनि मुख्य भूमिका रहने बताइएको छ ।
नवराज गिरी निर्माता रहने फिल्ममा शान्त प्रजापतिको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
चलचित्रलाई रामकाजी घिमिरेले लेखेका छन्। चलचित्रमा शिव मुखियारएलिस कार्कीको संगीत र रोशन श्रेष्ठको द्वन्द्व रहने छ ।
यस्तै चलचित्रमा गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द रहेने जनाइएको छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।