काठमाडौं । भुटानी शरणार्थीको रूपमा हुर्किएका किरण गजमेरले भ्वाइस अफ नेपाल सिजन ३ जितेपछि नेपालको नागरीकता पाएको महसुस भएको बताएका छन् ।
आफ्नै पहिचानको खोजिमा रहेका गजमेरले नेपालमा आएर नेपाली गीत गाउने र आफान्तालाई सुनाउने र कतै छुटिएको भाइचारको नातालाई जोड्ने सपना साकार बनाएका छन् । शरणार्थीको रूपमा हुर्किनुपर्दाको उनको पीडामा भ्वाइस अफ नेपालले अलिकत भएपनि मलम लगाएको छ ।
अमेरिकन नागरिकता पनि नेपाली दउरा सुरुवाल लगाएर बोक्न रुचाउने गजमेरले आफू त एउटा प्रतिनिधित्व पात्र मात्र रहेको भन्दै कयौं अरु शरणार्थीहरुको पीडामा आफ्नो जीतले मलम पट्टि लगाएको बताए ।
गजमेरको आफू देश र नागरिकता विहीन भएर मरिन्छ की भन्ने डर अमेरिकाको नागरिकताले हटाएको छ । आज उनमा अमेरिकन नागरिकता छ तर पनि उनी खुसी भने छैनन् । उनी अमेरिकाको नागरिकता पाएकोमा गर्भ गर्दैनन् । उनी मनमा नेपाल र शिरमा नेपाली हुन चाहाना बोकेका व्यक्ति हुन् ।
यदि अझै नेपाली नागरिकता पाए अमेरिकन नागरिकता भन्दा पनि नेपाली नै नागरिकता रोज्ने गजमेर बताउँछन् । नेपाली मौलिकता बोकेको गीत संगीत गाउने उनले बताए ।
गजमेरले करोडौं रुपायाँमा खर्चा गर्दा पनि नपाउने शिक्षा भ्वइस अफ नेपालबाट पाएको भन्दै अब फर्केर हेर्दा जीवन जिउन सहज हुने अनुभवहरु बटुलेको बताए ।
हाल अमेरिकामा अध्ययनरत २५ वर्षीय गजमेर झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनी परिवारसँग सन् २०१० मा पुनर्वास प्रक्रियामा अमेरिका गएका थिए।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।