एजेन्सी । बलिउड नायिका प्रियंका चोपडा ‘मुम्बई एकेडमी अफ मुभिङ इमेज’ मा नियुक्त भएकी छिन् ।
नायिका दीपिका पादुकोणले ४ महिना अगाडि ‘मुम्बई एकेडमी अफ मुभिङ इमेज’बाट राजीनामा दिएकी थिइन् । विवादमा फसेपछि उनले राजीनामा दिएकी थिइन् ।
मामीको प्रमुखमा नियुक्त भएपछि प्रियंकाले खुसी व्यक्त गरेकी छिन् । उनले ‘लिडिङ फिल्म फेस्टिभल’को प्रमुख पदको जिम्मेवारी सम्हाल्न दिएकोमा गर्व महशुश गरेकी बताएकी छिन् ।
प्रियंकाले भारतीय चलचित्रसंग दुनियाँलाई देखाउनका लागि धेरै कुराहरु रहेको बताइन् । उनले ‘मामी फिल्म फेस्टिभल’ पहिलाको भन्दा फरक हुने दाबी समेत गरेकी छिन् ।
हरेक वर्ष एक सातासम्म आयोजना हुने गरेको थियो । तर यो फेस्टिभल यसपटक भने अक्टुबरबाट सुरु गरेर सन् २०२२ को मार्चसम्म चल्नेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।