एजेन्सी । बलिउडकी अभिनेत्री शिल्पा सेट्टी आफ्नो काममा फर्किएकी छिन् । तर उनको पति राज कुन्द्रा भने हिरातसतमा नै छन् ।
कुन्द्रा पोर्नोग्राफी केसमा हिरासतमा पुगेका हुन् । राजलाई प्रहरीले पक्राउ गरेपछि काम छाडेकी शिल्पा काममा फर्किएकी छिन् ।
राजलाई नियन्त्रणमा लिएको ३ सातापछि शिल्पा काममा फर्किएकी हुन् । उनी, ‘सुपर डान्सर सिजन ४’को सेटमा फर्किएकी छिन् ।
हालैमात्र सार्वजनिक भएको एक भिडियोमा शिल्पा आफ्नो भ्यानिटी भ्यानबाट बाहिर निस्किएर छायांकन सेटतर्फ अगाडि बढेको देखिएको छ ।
यो रियाटिली शोमा शिल्पा निर्णायकको भूमिकामा छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।