काठमाडौं । नेपाली गीत–संगीतमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायिका स्मिता दाहालले हिन्दी गीतमा आवाज दिएकी छन् । ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीतमा गायिका स्मितालाई शबाब सावरीले साथ दिएका छन् ।
[embedded content]
केआर वाहीको शब्द रहेको यस गीतमा शबाब सावरीले संगीत दिएका छन् । गीतको भिडियोमा गायिका स्मिताको साथमा भारतीय अभिनेता अर्जुन बिज्लानी फिचर्ड छन् । गीतको भिडियोलाई राजिव एस रुइयाले निर्देशन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।