ताप्लेजुङ । रियलिटी शो ‘कमेडी च्याम्पियन-२’ को उत्कृष्ट (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज स्वागत गरिएको छ ।
ताप्लेजुङ-पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल -यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उनीलाई बजार परिक्रमा गराएको थियो ।
स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्वःस्र्फूतरुपमा घरको अगाडि घँडा सजाएका थिए । कमेडी च्याम्पियन सिजनको दुईको उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले फूलमाला, खादा र अबिर प्रदान गरेका थिए ।
पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।