काठमाडौं । चलचित्र ‘टुल्की’को फर्स्ट लुक पोष्टर र टिजर बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।
चलचित्रमा लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको छ भने आरपि कर्माचार्य र शेखर लामाको लगानी रहेको छ ।
चलचित्रमा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको अभिनय छ ।
करिव ४ वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको बताइएको छ। चलचित्रमा अहिलेसम्म ९० लाख रुपैयाँ बढी लगानी भएको जनाइएको छ । चलचित्रमा सन्जिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन छ ।
निर्माण टिमका अनुसार यो चलचित्र नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।