ललितपुर । ललितपुर महानगरपालिका- १६ ले वडाव्यापी गायन तथा नृत्य प्रतियोगिता गर्ने भएको छ । येँया पर्व (इन्द्रजात्रा)को अवसरमा उक्त वडाले गायन तथा नृत्य प्रतियोगिताकाे घोषणा गरेको हो ।
१६ वडा कलाकार समितिले संचालन गर्ने यस प्रतियोगिता सहभागी हुन गायक गायिका तथा नृत्य कलाकारहरुले आफ्नो गीत तथा नृत्यको भिडियो इमेलमाफृत पठाउनु पर्ने छ । वडामै बुझाउन सकिने पनि आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा प्रथम हुनेहरुले २५/२५ हजार , दोश्रो हुनेहरुले १५/१५ हजार र तेश्रो हुनेहरुले १०/१० हजार नगदसहित अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । भिडियाेमा सबैभन्दा बढी ‘भ्युज’ प्राप्त गर्ने कलाकारलाई पनि पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण ने.सं. ११४२ नव वर्षको अवसरमा गरिने छ । यसै कार्यक्रममा अग्रजकलाकारको सम्मान तथा यसै वडाका लोकप्रिय कलाकारहरुको प्रस्तुति समेत रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।