काठमाडौं । चर्चित नायक अनमोल केसीलाई अब रुपमा देखिन पाइने भएको छ । करिब डेढ वर्षपछि उनी आफ्नो पिता भुवन केसीको जन्मदिनमा मिडियामाझ प्रस्तुत भएका छन् ।
केसीले मिडियासंग कुरा गर्दै पर्दामा चकलेटी अवतार धेरै भएको भन्दै अब दर्शकमाझ नयाँ तरिकाले प्रस्तुत हुने बताएका हुन् । उनी मल्टिस्टारर चलचित्र ‘एक्स ९’मा काम गर्ने तयारी गर्दैछन् ।
‘एक्स ९’का लागि केसीलाई २० केजी मोटाउनुपर्नेछ । उनी ७ केजी मोटाएर ८२ केजी पुगिसके उनी बताउँछन्। अझै उनले १३ केजी मोटाउनुपर्ने बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।