काठमाडौं । निर्देशक मिलन चाम्स नायक आकाशको साथमा सिक्किम पुगेका छन् ।
गायक रवि गहतराजको स्वरमा समावेश एक गीतको छायांकनका लागि मिलन र आकाशको साथमा सिक्किम पुगेका हुन् ।
सिक्किमको सम्पूर्ण व्यवस्थापन निर्माता राजेश घतानीले मिलाउने जनाइएको छ । यो भिडियोमा आकाश आर्मीको भूमिकामा देखिने बताइएको छ।
चलचित्र ‘विर विक्रम २’मा निर्देशक मिलनले आकाश र नाजिर हुसेनको साथमा नायिका वर्षा सिवाकोटीलाई शुभसाइत गरेका थिए । चलचित्रको शुभसाइत भव्य तरिकाले भएको केही दिनपछि आकाशले यो चलचित्र छाडे ।
आकाशले चलचित्र छाडेपछि नायक पल शाहले चलचित्रमा काम गरे । चलचित्र छाडेपछि आकाश र मिलको सम्बन्ध बिग्रिएको हल्ला चलेको थियो।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।