काठमाडौं । वरिष्ठ लोकदोहरी गायक राजु परियारले पछिल्लो समय लोक गीतहरुमा धेरै विकृतिहरु आएका बताएका छन् ।
न्यूज २४ टेलिभिजनको इ टक कार्यक्रममा बोल्दै उनले चाहेर पनि विकृतिकै कारण आफ्नो छोरीलाई लोकदोहोरी गायिका बनाउन नसक्ने पनि उनले बताए ।
उनले अहिलेका गीतहरु मैले गाएको गीत यो हो भनेर परीवारलाई सुनाउन नसकिने अवस्थामा पुगेको भन्ने तर्कलाई पनि स्वीकार गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘पछिल्लो समय नेपाली लोकदोहोरीमा धेरै विकृतिहरु छन्। विकृतिहरुकै कारण म मेरो छोरीलाई लोकदोहोरी गायिका बनाउन सक्दिँन।’
नेपालमा गीतसँग सम्बन्धिन धेरै निकायहरु रहेपनि त्यसले के काम गरिरहेको भन्ने थाहा नपाएको उनको भनाइ छ । उनले लोक दोहोरी गीत सबैपरीवारमा बसेर सुन्न सकिने हुनुपर्ने बताए । उनले लोकदोहोरी गीतमा विकृति बढेको प्रति चिन्ता रहेको बताए ।
उनले लोकगीत क्षेत्रमा पछिल्ला पुस्ताहरु धेरै राम्रो आएको विकृतिको पछि नलाग्न सुझाव दिए । उनले पछिल्लो समय एक हप्ते र तीन दिने गीतहरु मात्रै सुन्न थालिएको बताए । कालजयी गीतहरु स्रोताहरुले सुन्न छोडेको पनि बताए ।
‘अहिले त हामीले एक हप्ते, तीन दिने गीतमात्रै सुन्न थाल्यौँ। कालजयी गीतहरु त सुन्नै छाड्यौँ,’ उनले भने, ‘हामीले पनि कालजयी गीतहरु खोज्नै छाड्यौँ।’
उनले पछिल्लो समय कलाकारहरु युट्युवमुखी भएको पनि आरोप लगाए । उनले भने, ‘विउ हालेपछि युट्युवले डलर झारिदी हाल्छनी भन्ने तिर लाग्यौँ।’
कतिपय गायिक तथा गायकहरुलाई युट्युव कम्पनीले तपाईहरुले यही तरिकाले गीत गाउँनुपर्छ है भनेर बाध्यतामा पारेको पनि बताए ।
कलाकारहरुलाई युट्युव कम्पनीहरुले नै यस्तो गीत गाउनु पर्छ भनेर बाध्य पार्ने गरेको सुनाए । उनले भने, ‘तपाईलाई यो शब्दा गीतमा हाल्नै पर्छ है भनेर भन्ने गरेको पनि पाइएको छ। भ्युजका लागि।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।